नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ पार्टीको शीर्ष तहका नेतासँग परामर्शमा जुटेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी केन्द्रीय आयोगका अध्यक्षहरु र निवर्तमान स्थायी समिति सदस्यहरुसँग परामर्शमा जुटेका हुन् ।
परामर्श बैठकमा राष्ट्रिय सभा तथा तीनै तहका निर्वाचन, कोभिड १९, पार्टीका आगामी योजना लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।