१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

नेपालकाे ‘शिवगढीदेखि प्रतिबन्धसम्म’ पुस्तक प्रकाशित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:o६:oo

लेखक नारायण नेपालको पुस्तक ‘शिवगढीदेखि प्रतिबन्धसम्म’ प्रकाशित  भएको छ । राजनीतिक एवं समसामयिक विषयमा कलम चलाउने नेपालले तत्कालीन नेकपा–माओवादीबाट अलग भएर नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेर नेपाल कम्युनिस्ट पार्टी नेकपा गठन गरेपछिको राजनीतिक घटनाक्रमलाई आलोचनात्मक विश्लेषणसहित पुस्तक प्रकाशन गरेका हुन् । 

विप्लव नेतृत्वको नेकपाभित्रको राजनीतिक घटनाक्रम, राष्ट्रिय राजनीतिमा भूमिका र प्रभाव तथा पछिल्लो समय नेकपाका गतिविधिमाथि लागेको प्रतिबन्धसम्मका घटनाक्रमलाई सिलसिलेबर रूपमा पुस्तकमा समेटिएको छ ।

२०७१ सालमा कपिलवस्तुको शिवगढीमा भएको भेलादेखिको नेकपाभित्रको राजनीतिक उथलपुथल र नेपाली राजनीतिमा देखापरेका राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको विश्लेषण नेपालको पुस्तकमा पाइन्छ । कम्पन मिडिया प्रा‍लिले बजारमा ल्याएको पुस्तकको बजार व्यवस्थापन भुँडीपुराण प्रकाशन बागबजारले गरेको छ । 

ad
ad