मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ ६ बिहीबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ६ बिहीबार १४:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

विश्वकपका लागि खेलाडी छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ६ बिहीबार १४:१६:oo

नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली घोषणा गरेको छ। क्यानले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम १६ सदस्यीय टोलीको छनोट गरेको हो।

छनोटमा युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन्। यस्तै, शरद भेषवाकर, प्रदीप ऐरी र जितेन्द्र मुखियाले राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। विनोद भण्डारी र सोमपाल कामी भने टोलीमा परेका छैनन्।
    
विश्वकप छनोटको समूह ‘ए’अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुँदै छ। उक्त छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानडा, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्।
    
यस समूहबाट शीर्ष दुई टोली यसैवर्ष अस्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुनेछन्। नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी छन्।