१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

बैंकिङ क्षेत्रका करिब २५ सय  कर्मचारीमा कोभिड संक्रमण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:४३:oo

नेपाल राष्ट्र बैंकका १४८ जना र विभिन्न वाणिज्य बैंकका दुई हजारभन्दा बढी कर्मचारीमा संक्रमण, विकास बैंक र वित्त कम्पनीले हिसाब निकालेका छैनन्, तर शाखा नै बन्द गर्नुपर्ने अवस्थामा बैंकहरू

कोभिडको तेस्रो लहरमा राष्ट्र बैंक र वाणिज्य बैंकमा कार्यरत ४ प्रतिशतभन्दा बढी संक्रमित भएका छन् । राष्ट्र बैंकमा हाल ११ सय कर्मचारी कार्यरत रहेकोमा सोमबारसम्म एक सय ४८ जना संक्रमित भएका छन् । त्यस्तै, वाणिज्य बैंकहरूमा करिब ५० हजार कर्मचारी कार्यरत रहेकामा सोमबारसम्म दुई हजारमा कोभिड संक्रमण देखिएको नेपाल बैंकर्स संघले जनाएको छ । ‘वाणिज्य बैंकमा दुई दिनको अन्तरालमै संक्रमित हुने कर्मचारीको संख्या चार सयबाट दुई हजार पुगेको छ,’ नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने । विकास बैंक र वित्त कम्पनीहरूमा पनि संक्रमितको संख्या दिनानुदिन बढेको भए पनि यी संस्थाले तथ्यांक अद्यावधिक गरेका छैनन् । 

‘अहिले धेरै संक्रमण उपत्यकामा देखिएको छ,’ नेपाल वित्त कम्पनी एसोसिएसनका अध्यक्ष तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले भने, ‘गोर्खा फाइनान्सलगायतका केही संस्थाले शाखा नै बन्द गर्नुपरेको समेत जानकारी गाएका छन् ।’

वाणिज्य बैंक र विकास बैंकहरूमा भने उपत्यकामा भन्दा बाहिर धेरै समस्या देखिएको बताएका छन् । ‘विकास बैंकहरूमा धेरै उपत्यकाबाहिरका कर्मचारीहरू धेरै संक्रमित भएको खबर आइरहेका छन्,’ डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेलले बताए, ‘तथ्यांक अद्यावधिक गर्न सकेका छैनौँ ।’

बैंकका कर्मचारीहरूमा कोभिड संक्रमण बढेसँगै प्रभावित शाखाहरू सूचना टाँसेर बन्द गर्ने र नजिकैको अर्को शाखामा ग्राहकहरूलाई पठाउने गरिएको बैंकरहरूले बताउँछन् । आगामी दिनमा कसरी दैनिक कार्य सञ्चालन गर्ने भन्ने विषयमा भने बैंकरहरूले टुंगो लगाएका छैनन् । 

‘पहिलेजसरी कम संख्यामा कर्मचारी आएर कार्यालय सञ्चालन गर्ने वा वैकल्पिक रूपमा शाखा खोलेर बस्ने भन्ने निधो गर्न सकेका छैनौँ,’ तुलाधरले भने । भर्खरै मात्र दोस्रो त्रैमास सकिएका कारण पनि बैंकहरू क्लोजिङको चापमै छन् । वित्तीय विवरण तयार गरेर सार्वजनिक गर्ने समय भइरहेकाले पनि तत्काल कार्यालयहरूको कसरी व्यवस्थापन गर्ने भन्नेमा उनीहरूले निचोड निकाल्न नसकेका हुन् । संक्रमण बढेकै कारण शाखा बन्द गर्दा संस्थाहरूले राष्ट्र बैंकलाई जानकारी गराउने गरेका छन् । राष्ट्र बैंकमा समेत संक्रमण दर उच्च भएपछि बन्द शाखाको जानकारी अद्यावधिक गर्न सकिएको छैन । 

राष्ट्र बैंकले बैंकहरूलाई तजबिजमा व्यवस्थापन गर्न भनेको छ । राष्ट्र बैंकले २६ पुसमै परिपत्र जारी गरेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा प्रवाहमा प्रत्यक्ष संलग्न हुने कर्मचारी र सेवाग्राहीमा संक्रमणको जोखिम न्यूनीकरणका लागि उपाय अपनाउनेलगायतको व्यवस्था गर्न भनिएको छ । त्यस्तै, भिडभाड नहुने र भौतिक दूरी कायम हुने गरी कार्यालय सञ्चालन गर्ने, एटिएमहरूको ढोका खुला राख्ने तथा स्यानिटाइजरको व्यवस्था गर्ने, बैंकहरूबाट गरिने कार्यक्रमहरू भर्चुअल गर्न भनिएको छ । एटिएमहरूमा भने अझै पनि पर्याप्त सुरक्षाका उपायहरू भने अवलम्बन गर्ने नगरिएको पाइएको छ । एटिएमहरूमा पर्याप्त स्यानिटाइजरको व्यवस्था गरिएको देखिँदैन ।  

ad
ad