Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २ आइतबार २१:१२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय भवन संहिताको पूर्णपालना गरेर भवन निर्माण गर्न प्रधानमन्त्रीको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २ आइतबार २१:१२:००

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भवन संहिताको पूर्ण पालना गरी भवन निर्माण गर्न सबैलाई आह्वान गरेका छन्। प्रधानमन्त्री देउवाले भूकम्पलगायतका विपद् जोखिमबाट बच्नका लागि पनि सबैले भवन संहिताको पूर्णपालना गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे। २४औँ भूकम्प सुरक्षा दिवसको अवसर पारेर आइतबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई ‘भर्चुअल’माध्यमबाट सम्बोधन गर्दै उनले विपद् जोखिम न्यूनीकरणलाई ध्यानमा राखेर स्थानीय तहले पनि भवन निर्माण गर्दा भवन संहिताको पूर्णपालना गराउनुपर्नेमा पनि जोड दिए। 

प्रधानमन्त्री देउवाले विगतको अनुभव र पाठबाट सिकेर विपदका वेला तत्काल दक्ष जनशक्तिको परिचालन हुने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिए। उनले सुरक्षित भवन निर्माण गर्ने र भूकम्पसहितका विपद् जोखिम न्यूनीकरण गर्ने कार्यमा तीनवटै तहको सरकारको बलियो सहकार्यको आवस्यकता पनि औँल्याए। ‘विगतको अनुभव र पाठलाई चिरस्थायी बनाई दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको वेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाई राख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु। संविधानले विपद् व्यवस्थापनको संवेदनशीलतालाई आत्मसात गरी तीनवटै तहका सरकारको साझा अधिकारको सूचीलाई त्यसमा समावेश गरेको छ। विपद् व्यवस्थापनको क्षेत्रलाई तीनवटै तहको सरकारले आपसी समन्वय, सहकार्य र पारस्पारिक सहयोग गरी कार्य गर्नुपर्ने कुरा इंगित गर्दछ,’ उनले भने, ‘भूकम्प आफैँमा समस्या होइन। यसका समस्या हाम्रा कमजोर संरचनाहरू र अव्यवस्थित सहरीकरण हुन। अब उप्रान्त सार्वजनिक होस् वा निजी भवन संरचनाहरु निर्माण गर्दा भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने हुन्छ । त्यसका लागि राष्ट्रिय भवन संहिता परिपालना गरी भवनको नयाँ डिजाइन, स्वीकृत नक्साबमोजिम गुणस्तरीय भवन निर्माण गर्न स्थानीय तहले प्रभावकारी भूमिका खेल्न आवश्यक छ।’

कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाणले भूकम्प प्रतिरोधी भवन निर्माण गरेर त्यसको जोखिम न्यूनीकरणको अभियानमा जुट्न प्रदेश र स्थानीय तहको सरकारलाई आग्रह गरे। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले स्थानीय तहले भवन संहिताको पालना गरेर भवन निर्माण गरिदिए विपद् जोखिम न्यूनीकरण कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन सकिने बताइन्।