Skip This
त्रिशूली नदीमा स्कार्पियाे खस्यो, सात घाइते
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ३० शुक्रबार
  • Saturday, 27 July, 2024
२o७८ पौष ३० शुक्रबार १९:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिशूली नदीमा स्कार्पियाे खस्यो, सात घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ३० शुक्रबार १९:५८:oo

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित ३ नम्बर पुलबाट स्कार्पियो त्रिशूली नदीमा खसेको छ। बा १३ च ४३६५ नम्बरको स्कार्पियो सडकबाट करिब ५० मिटर तल नदीमा खस्दा चालकसहित सातजना घाइते भएका छन्।

उनीहरूको घटनास्थलबाट उद्धार गरी उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अनियन्त्रित भएर स्कार्पियो खसेको अनुमान गरिए पनि घटनाको थप विवरण आउन बाँकी छ ।