तीन थान भरुवा बन्दुकसहित एकजना पक्राउ

शुक्रबार, ३० पुष, २०७८
डिजिटल संस्करण

मोरङको लेटाङबाट तीन थान भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् ।  लेटाङ नगरपालिका– ९ स्थित वसन्त हरियाली सामुदायिक वनबाट लोड भएको तीन थान भरुवा बन्दुकसहित मिक्लाजुङ गाउँपालिका– ५ का ६० वर्षीय इन्द्रबहादुर राई पक्राउ परेका हुन्।

शनिबार बिहान १० बजे अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । 

बलबहादुरको साथबाट प्रहरीले  बारुद दुई डब्बा, गोली १८ थान, छर्रा पाँच पोका, खुकुरी एक थान, गेटिस (गुलेली) एक थान बरामद गरेको छ । घटनाबारे  इलाका प्रहरी कार्यालय लेटाङले  थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ । 

सुझावित समाचार