१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ पौष २९ बिहीबार २०:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुबी भ्याली पहिरो : पहिरोमा पुरिएका तीनजना अझै भेटिएनन्, शुक्रबार पनि खोजीकार्य गरिने(अपडेट )

Read Time : < 1 मिनेट
२०७८ पौष २९ बिहीबार २०:०९:००

धादिङको उत्तरी भेगमा पर्ने रुबी भ्याली गाउँपालिका– १ स्थित लिङ्जोपुरदेखि तिप्लिङ जाने बाटो खन्ने क्रममा गएको सुक्खा पहिरोमा पुरिएकाहरूको खोजीकार्य रोकिएको छ। साँझ परेको र निकै चिसो बढेकोले सशस्त्र प्रहरीसहितको उद्धार टोली उक्त क्षेत्रबाट फर्किएको छ।

पुरिएकाहरूको शुक्रबार बिहानैदेखि खोजीकार्य गरिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी राकेश सिंहले जानकारी दिए। उनका अनुसार बिहीबार बिहान ८ बजे एक्स्काभेटरले बाटो खन्ने क्रममा सुक्खा पहिरो खसेको थियो।

ठूल्ठूला ढुंगासहितको पहिरो खसिरहेकोले प्रहरीले दिउँसो २ दुई बजेपछि मात्रै खोजीकार्य जारी गरेको थियो। तर, ठूलो पहिरोमा पुरिएका तीनजना भेटिएका छैनन्। सुक्खा पहिरो खस्दा एक्स्काभेटर अपरेटर काभ्रेपलाञ्चोक घर भएका आकाश तामाङ, सहचालक राजु तामाङ, रुबी भ्याली गाउँपालिका– १ का अनुस तामाङ गरी तीनजना पुरिएका छन्।

ढुंगामाटो खस्ने क्रम रोकिएपछि प्रहरीले दिउँसोदेखि खोजीकार्य सुरु गरेको थियो। पहिरोमा ८ बजे बा २क ४८२१ नम्बरको एक्स्काभेटर पनि पुरिएको छ।