मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पहिरोमा पुरिएकाको खोजी गर्दै सुरक्षाकर्मी ।  तस्बिर : नयाँ पत्रिका
२०७८ पौष ३० शुक्रबार ०७:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रुबी भ्याली पहिरो : पुरिएका तीनजना अझै भेटिएनन्

Read Time : < 1 मिनेट
२०७८ पौष ३० शुक्रबार ०७:५३:००

रुबी भ्याली गाउँपालिका–१ स्थित लिङ्जोपुरदेखि तिप्लिङ जाने बाटो खन्ने क्रममा गएको सुक्खा पहिरोमा पुरिएकाको खोजीकार्य रोकिएको छ । साँझ परेको र निकै चिसो बढेकाले सशस्त्र प्रहरीसहितको उद्धार टोली फर्किएको छ । 

पुरिएकाको शुक्रबार बिहानैदेखि खोजीकार्य गरिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी राकेश सिंहले जानकारी दिए । उनका अनुसार बिहीबार बिहान ८ बजे एक्स्काभेटरले बाटो खन्ने क्रममा सुक्खा पहिरो खसेको थियो । ठूल्ठूला ढुंगासहितको पहिरो खसिरहेकाले प्रहरीले दिउँसो २ दुई बजेपछि मात्रै खोजीकार्य जारी गरेको थियो । तर, ठूलो पहिरोमा पुरिएका तीनजना भेटिएका छैनन् । 

सुक्खा पहिरो खस्दा एक्स्काभेटर अपरेटर काभ्रेपलाञ्चोक घर भएका आकाश तामाङ, सहचालक राजु तामाङ, रुबीभ्याली गाउँपालिका– १ का अनुश तामाङ गरी तीनजना पुरिएका छन् । ढुंगामाटो खस्ने क्रम रोकिएपछि प्रहरीले दिउँसोदेखि खोजीकार्य सुरु गरेको थियो । पहिरोमा बिहीबार बिहान ८ बजे बा२क ४८२१ नम्बरको एक्स्काभेटर पनि पुरिएको थियो ।