१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २९ बिहीबार १४:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुबी भ्याली पहिरो अपडेट : पहिरो खस्न रोकिएपछि उद्धार सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २९ बिहीबार १४:५७:००

धादिङको उत्तरी भेगमा पर्ने रुबी भ्याली गाउँपालिका– १ स्थित लिम्जु पुलबाट तिप्लिङ जाने बाटो खन्ने क्रममा गएको सुक्खा पहिरोमा पुरिएकाहरूको खोजीकार्य बल्ल सुरु भएको छ। बिहान ८ बजे एक्स्काभेटरले बाटो खन्ने क्रममा सुक्खा पहिरो खसेको थियो। ठुल्ठूला ढुंगासहितको पहिरो खसिरहेकोले प्रहरीले पुरिएका तीनजनाको खोजीकार्य गर्न सकेको थिएन। सुक्खा पहिरो खस्दा एक्स्काभेटर अपरेटर काभ्रेपलाञ्चोक घर भएका आकाश तामाङ, सहचालक राजु तामाङ, रुबी भ्याली गाउँपालिका– १ का अनुस तामाङ गरी तीनजना पहिरोमा पुरिएका छन्। 

ढुंगामाटो खस्ने क्रम रोकिएपछि करिब २ः३० बजेदेखि खोजीकार्य सुरु भएको जिल्ला प्रहरीका कार्यालय धादिङका प्रमुख राकेश सिंहले जानकारी दिए। उनका अनुसार बिहान ८ बजे बा.२क ४८२१ नम्बरको एक्स्काभेटरले सडक खन्ने क्रममा सुक्खा पहिरो खसेको थियो।  लगत्तै प्रहरी टोली उक्त क्षेत्रमा पुगे पनि ढुंगामाटो खसिरहेकाले पुरिएकाहरूको उद्धार गर्न सकेको थिएन। 

पहिरो जाने क्रम रोकिएपछि उद्धार सुरु भएको एसपी सिंहले नयाँ पत्रिकालाई बताए। उनका अनुसार उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली त्यसतर्फ पुगेको छ। बिहीबार बिहान पहिरो जाँदा निर्माणकार्यमा प्रयोग भएको एक्स्काभेटर करिब एक सय ५० मिटर तल खसेको छ। 

‘प्रहरी र सेनाको टोली घटनास्थलतर्फ गइरहेको छ,’ उनले भने, ‘भर्खरैबाट पुरिएको क्षेत्रमा खोतल्न थालिएको छ, बिहानभरि पहिरो खसेकोले उद्धार गर्न सक्ने अवस्था भएन।’