मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ पौष २९ बिहीबार १६:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाधिवेशनमा मतदाताको म्यान्डेटअनुसार  देउवालाई सहयोग गरेको हुँ, नियोजित प्रचार गरियो : नेता सिंह 

Read Time : < 1 मिनेट
२०७८ पौष २९ बिहीबार १६:२१:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेटअनुसार शेरबहादुर देउवालाई सभापतिमा सघाएको दोहोर्‍याएका छन्। कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले  बिहीबार आयोजना गरेको झन्डाेत्ताेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले  पहिलो चरणको निर्वाचनको म्यान्डेटअनुसार  देउवालाई सभापतिमा सघाएको बताएका हुन्। 
 
नेता सिंहले केन्द्रीय नेतृत्व परिवर्तन र पार्टी विधिसंगत संस्थागत हुनुपर्ने एजेन्डा बोकेर महाधिवेशनमा मत मागेको स्मरण गर्दै मतदाताले आफूले अघि सारेका एजेन्डाअनुसार मत नदिएको धारणा राखे । 

पहिलो चरणको निर्वाचनमा आफूले परिवर्तन हुनुपर्छ भनिएको नेतृत्वले नै सबैभन्दा बढी मत पाएपछि मतदाताको म्यान्डेटअनुसार  देउवालाई सहयोग गरेको उनको भनाइ थियो। 

‘दुईवटा एजेन्डा बोकेर म यसपटक उठेको हुँ । एउटा केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ र दोस्रो पार्टी विधिसंगत संस्थागत हुनुपर्‍याे। त्यो एजेन्डामा भोट मागेको हुँ,’ सिंहले भने, ‘फर्स्ट राउन्डको म्यान्डेटले मैले परिवर्तन गर्नुपर्छ भनेकै नेतृत्वको पक्षमा देखियो। डेमोक्रेटिक पार्टीमा डमोक्रेटिक एक्सरसाइजमा सहभागी भइसकेपछि म्यान्डेट त मान्नुपर्‍याे नि।’ 

आफूले दोस्रो चरणमा सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेपछि ‘पार्टी स्वार्थ पूरा नभएकाहरूले नियोजित रूपमा आफूमाथि अनावश्यक प्रहार र चरित्र हत्याको प्रयास भइरहेको धारणा राखे ।