१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o७:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य प्रिन्ट संस्करण

बसन्तले ल्याए ‘महाभारा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o७:५३:oo

पत्रकार एवं लेखक बसन्त बस्नेतको नयाँ औपन्यासिक कृति ‘महाभारा’ लोकार्पण गरिएको छ । काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा शनिबार आयोजित कार्यक्रममा बस्नेतकी छोरी अनुदिताले पुस्तक लोकार्पण गरेकी हुन् । 

कार्यक्रममा साहित्यकार उपेन्द्र सुब्बाले किताबबारे टिप्पणी गरेका थिए । युद्धको क्रूर समयमा हुर्केको सुन्दर प्रेमकथा नै ‘महाभारा’ रहेको उनको भनाइ छ । ‘मलाई त यस्तो लाग्छ, यो पहरामा फुलेको अम्लारी फुङ (सुनाखरी फूल) हो,’ उनले भने । 

यस्तै, उपन्यासका लेखक बस्नेतसँग पत्रकार एवं लेखक शिवानीसिंह थारूले संवादसमेत गरिन् । संवादमा थारूले पुस्तक लेखनदेखि यसका पात्रहरूको मनोविज्ञानका विविध पक्षमा आधारित रहेर संवाद गरेकी थिइन् । नेपाली भाषालाई लिम्बु लवजको व्याकरणमा मिलाएर लेखिनु नै यो उपन्यासको सबल पक्ष रहेको थारूले बताइन् । 

ad
ad