मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २३ शुक्रबार २०:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले थप शक्तिशाली भएर अगाडि बढ्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २३ शुक्रबार २०:१६:००

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले थप शक्तिशाली र ऊर्जावान पार्टी भएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । एमाले जिल्ला कमिटी भक्तपुरको आठौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले भने, ‘एमाले अबको तीन तहको चुनावपछि मुलुकको सबैभन्दा ठूलो, शक्तिशाली पार्टी बनेर उदाउनेछ, एमालेको विकास र समृद्धिको अभियानलाई फेरि अगाडि बढाउनेछ ।’

उपाध्यक्ष पोखरेलले एमालेले स्वाभिमान र स्वतन्त्रताका साथमा सामाजिक सद्भाव कायम गर्दै समाजलाई रूपान्तरण गर्ने लक्ष्यका साथ अगाडि बढेको दाबी गरे । एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले केपी ओलीले सरकारको नेतृत्व गरेको वेलामा भक्तपुरको विकासले गति लिएको दाबी गरे ।

 एमाले केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्रले एमालेलाई भक्तपुरमा पहिलो शक्ति बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।