१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २३ शुक्रबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २३ शुक्रबार १४:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचनको परिणाम हाम्रा निम्ति प्रतिकूल आउन सक्छ : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २३ शुक्रबार १४:५७:oo

एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय सभा निर्वाचनको परिणाम आफूहरूका लागि प्रतिकूल आउन सक्ने बताएका छन्। शुक्रबार पार्टीको जिल्ला अधिवेशनको भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

राष्ट्रिय सभाको निर्वाचन पहिलेकै जनादेशलाई दुरुपयोग गरेर हुने भन्दै उनले त्यसको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल हुनु कुनै अनौठो नभएको बताए। उनले राष्ट्रिय सभाको निर्वाचन एमालेका लागि अनुकूल नभएको भन्दै उनले राष्ट्रिय सभाको निर्वाचनमार्फत सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई गर्ने अन्तिम प्रहार हुने टिप्पणी गरे।

‘अहिले हाम्रोअगाडि राष्ट्रिय सभाको निर्वाचन आइरहेको छ। राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते सम्पन्न हुन्छ। मतदान हुन्छ त्यसमा १२ गते। र, त्यसको परिणाम हाम्रा निम्ति अलि प्रतिकूल आउन सक्छ। किन प्रतिकूल आउन सक्छ भने त्यो आजको जनमत होइन। र, त्यो कुनै यथार्थ जनमत होइन,’ अध्यक्ष ओलीले भने,  ‘यो आजको जनादेश होइन। आजको जनमत होइन, आजको यथार्थ होइन। हिजोको बेग्लै परिस्थितिको दुरुपयोग गरेर पैदा गरिएको अवस्था हो। त्यसकारण यसमा हाम्रो अलिकति सकारात्मक परिणाम आएन भनेर अनौठो मान्नुपर्ने कुनै अवस्था छैन। यो हिजोको कुरा हो। र, नेकपा एमालेलाई संसदीय क्षेत्रमा, संसदीय संघर्षको मैदानमा र तीनै तहको निर्वाचनहरूमा नेकपा एमालेमाथि गर्न सक्ने हानिकारक प्रहारको अन्तिम किस्सा यो हो। नेकपा एमाले फुटाउन तत्वहरूको अन्तिम प्रहार यही हो। यसभन्दा पछि जनतामा जाँदा अबउप्रान्त उनीहरूसँग त्यो हैसियत रहँदैन।’