१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख ३१ सोमबार १८:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

३८ क्विन्टल सुन तस्करी प्रकरण : गोरेका भाइ रमेश धरौटीमा रिहा

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:o६:oo

३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अरोपी गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेश उप्रेती पनि धरौटीमा रिहा भएका छन्। सुन तस्करी मुद्दाका मुख्य आरोपी गोरेका भाइ रमेश उप्रेती मोरङ जिल्ला अदालतबाट बिहीबार दुई लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन्।

सुन तस्करी मुद्दाका फरार आरोपी रमेश दुबईमा लुकेर बस्दै आएका थिए। अदालतले दाजु गोरेबाहेक अन्य सबैलाई सफाइ दिएपछि उनी योजना मिलाएर नेपाल आएका थिए। नेपाल आएको थाहा पाएपछि प्रहरीले उनलाई २० पुसमा विमानस्थलबाटै पक्राउ गरेर मोरङ पठाएको थियो। मोरङ प्रहरीले उनलाई बुधबार अदालतमा हाजिर गराएको थियो। बिहीबार थुनछेक बयान सकिएपछि न्यायाधीश भरत लम्सालको इजलासले उनलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

२७ मंसिरमा मुख्य लगानीकर्ता काले भनिने कृष्णगोपाल अग्रवाललाई पनि अदालतले दुई लाख रुपैयाँ धरौटीमा छाडेको थियो। चर्चित ३८ क्विन्टल सुन तस्करी अभियोगको मुद्दामा गोरेका भाइ रमेश र लगानीकर्ता अग्रवालबाहेक ५६ अभियुक्तले यसअघि नै सफाइ पाइसकेका छन्। साढे तीन वर्षदेखि विचाधाराधीन उक्त्त मुद्दामा १९ असोजमा न्यायाधीश लम्सालको इजलासले उनीहरूलाई सफाइ दिएको थियो।

अभियोग लागेका ७७  जनामध्ये ६ जनालाई सनम शाक्य हत्या आरोपमा, मोरङ उर्लाबारी ७ का मुख्य अभियुक्त्त गोरेलाई मानव अपहरण कसुरमा थप १० वर्ष सजायसहित जन्मकैद तथा काभ्रेका टेकराज मल्ल ठकुरी, झापाका लाक्पा शेर्पा, मोरङका मोहन काफ्ले, मोरङकै कृष्ण भनिने नरेन्द्र कार्की र झापाका भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैद सजाय तोकिएको थियो।

यसैगरी पुरानो मुलुकी ऐनको दफा १७ को उपदफा ३ अनुसार काठमाडाैंका राजनकुमारलाई ३ वर्ष र मोरङका माधव भानिने मदनप्रसाद घिमिरेलाई ६ महिना सजाय भएको छ।  सुन तस्करी मुद्दाका ७७ अभियुक्त्तमध्ये  १८ जना अझै फरार छन्।
  
आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, मानव अपहरण शरीर बन्धक र कर्तव्य ज्यान अभियोगको उक्त्त मुद्दा पहिलोपटक १९ वैशाख २०७५ मा  ६३  जनाविरुद्ध  मोरङ जिल्ला अदालतमा दर्ता भएको थियो। त्यसपछि ३० वैशाख २०७५, २० असार २०७५ र ७ भदौ २०७५ मा थप अभियुक्त्तहरूविरुद्ध अभियोग दर्ता भएको थियो।

संगठित सुन तस्करी आरोपका ९ जना प्रहरीहरू पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, तत्कालीन एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी सज्यबहादुर राउत, प्रजित केसी, सइ बालकृष्ण सञ्जेल तथा प्रहरी हवल्दारहरू बिष्णुबहादुर खडका र अम्बरबहादुर थापा सबैले आरोपबाट सफाइ पाएका थिए।

ad
ad