१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १४:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

वित्तीय संघीयताप्रति केन्द्र सरकार अनुदार  ः मुख्यमन्त्री पोखरेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:४५:oo

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले वित्तीय संघीयताप्रति केन्द्र सरकार अनुदार रहेको बताएका छन् । बुधबार गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशले आयोजना गरेको ‘गण्डकी प्रदेशमा कार्यान्वयनमा रहेका कानुनहरूको जानकारीसम्बन्धी गोष्ठी’मा बोल्दै मुख्यमन्त्री पोखरेलले केन्द्र सरकार वित्तीय संघीयताप्रति अनुदार देखिएको बताएका हुन् । 

७० प्रतिशत बजेट केन्द्रमा, ३० प्रतिशत बजेट प्रदेश र स्थानीय तहमा बाँड्ने परिपाटी रहेको बताउँदै पोखरेलले भने,  ‘वित्तीय संघीयतालाई सही मानेमा कार्यान्वयनमा ल्याउन सकेनौँ भने हाम्रो लक्ष्य पूरा हुँदैन । यसतर्फ विगतमा केन्द्र अनुदार भएकै हो । अहिले पनि केही परिवर्तन भएको छैन ।’

संविधानले दिएको अधिकार बाँडफाँडको विषयमा केन्द्र सरकार र प्रदेश सरकारबीच विवाद देखिएको पोखरेलको भनाइ छ । संघीयताको मुख्य उपलब्धि नै प्रदेश सरकार भएकाले प्रदेश सरकारलाई सक्षम बनाउनुपर्ने उनको जोड थियो । 

मुख्यमन्त्री पोखरेलले केन्द्र सरकार प्रदेश सरकार र स्थानीय तहप्रति अनुदार भएको टिप्पणीसमेत गरे । उनले प्रहरी र कर्मचारी केन्द्र सरकारको मातहतमा रहँदा प्रदेशमा काम गर्न कठिन भएको पनि बताए । 

ad
ad