मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ पौष २१ बुधबार
  • Friday, 28 August, 2026
२o७८ पौष २१ बुधबार o९:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शीतलहरसँगै चिसो बढेपछि खजुराका विद्यालय तीन दिन बन्द 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २१ बुधबार o९:२८:oo

अत्यधिक चिसो बढेपछि खजुरा गाउँपालिकामा रहेका विद्यालय तीन दिनका लागि बन्द गरिएकाे छ । शीतलहरसँगै चिसो बढेपछि बुधबारदेखि शुक्रबारसम्मका लागि विद्यालय बन्द गरिएको शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिए । 

शीतलहरका कारण बालबालिकालाई विद्यालय आउजाउ गर्न र अध्ययन, अध्यापनमा असहज भएकाले छोटो समयका लागि विद्यालय बन्द गरिएको उनले बताए । उनले शीतलहर र चिसोको अवस्था हेरेर विद्यालय खोल्ने वा नखोल्ने निर्णय लिइने बताए । 

शैक्षिक संस्था बन्द गरिए पनि प्रशासनिक काम भने सुचारु रहने उनले जानकारी दिए । ‘विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी विद्यालय बन्द गरिएको छ, तर प्रशासनिक काम यथावत् रहनेछ,’ शिक्षा शाखाले जारी गरेको सूचनामा उल्लेख छ ।