१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख ३० आइतबार o८:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

शीतलहरबाट सप्तरीमा एकको मृत्यु

Read Time : < 1 मिनेट
सौरभ यादव राजविराज
नयाँ पत्रिका राजविराज
२o८१ बैशाख ३० आइतबार o८:o७:oo

शीतलहरका कारण सोमबार बिहान एकजनाको मृत्यु भएको छ । महादेवा गाउँपालिका–४ का देवनारायण ठाकुरको शीतलहरका कारण मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष ममताकुमारी यादवले जानकारी दिइन् ।

राति खाना खाएर सुतेका ६५ वर्षीय ठाकुरको चिसोले मृत्यु भएको उनको भनाइ छ । बिहान अबेरसम्म ओछ्यानबाट नउठेपछि परिवारजनले सोधखोज गर्दा उनको मृत्यु भएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले ठाकुरको मृत्यु चिसोले भएको हो होइन भन्ने विषयमा बुझ्ने कार्य भइरहेको जानकारी दिए । एक सातायता बढ्दो शीतलहरले जिल्लाका विपन्न वर्गको जनजीवन कष्टकर हुन पुगेको छ । चिसोबाट सर्वसाधारणलाई जोगाउन स्थानीय सरकारले अझै ठोस पहल थालेका छैनन् ।

ad
ad