१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
फाइल फोटो ।
२०७८ पौष २० मंगलबार १३:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धर्मनिरपेक्षताको नाममा धर्म परिवर्तनको लाइसेन्स प्रदान गरियो : सिपी मैनाली

Read Time : < 1 मिनेट
२०७८ पौष २० मंगलबार १३:५१:००

नेकपा मालेका महासचिव सिपी मैनालीले धर्मनिरपेक्षताका नाममा नेपाललाई क्रिश्चियन राष्ट्र बनाउने मिसनअनुसार काम भइरहेको टिप्पणी गरेका छन्। रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले तुल्सीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मैनालीले धर्मनिरपेक्षता धर्म परिवर्तनको लाइसेन्स भएको बताए।

‘धर्मनिरपेक्षताको नाममा धर्म परिवर्तनको लाइसेन्स प्रदान गरिएको छ, जसले गर्दा विश्वमै सबैभन्दा बढी नेपालमा क्रिश्चियानीकरण भइरहेको छ,’ उनले भने, ‘अबको केही समयमा नेपाललाई क्रिश्चियन राष्ट्र बनाउने मिसनअनुसार अघि बढेको छ, हामी यसको विरोधी हौँ।’

मैनालीले नेपाल धर्मसापेक्षा वा निरपेक्ष हुन नहुने भन्दै नेपाल धर्ममैत्री हुनपर्ने बताए। आफूहरू कुनै पनि धर्मको विरोधी नभएको भन्दै उनले सबै धर्मका राम्रा कुराहरूलाई ग्रहण गर्नुका साथै संरक्षण गर्ने बताए। उनले आफूहरू पूर्वीय सभ्यताको संरक्षणको पक्षमा रहेको प्रतिक्रिया दिए।

मैनालीले प्रदेशको संरचना खारेज नभए संघीयता र विद्यमान निर्वाचन प्रणालीमा परिवर्तन नगरे लोकतन्त्र नटिक्ने दाबीसमेत गरे।