१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ११ आइतबार १६:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी नेतृत्वले जनताका प्रश्नहरूको जवाफ दिनुपर्छ : सिपी मैनाली (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ११ आइतबार १६:३५:००

नेकपा मालेका महासचिव सिपी मैनालीले माओवादी पार्टीका नेतृत्व गणले जनताका असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने बताएका छन्। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै उनले जनताका प्रश्नहरूको माओवादीले जवाफ दिनुपर्ने बताएका हुन्।

एउटै लक्ष्य प्राप्त गर्ने उद्देश्यले राष्ट्र र जनताको अकुत बलिदानीबाट सुरु गरिएको आन्दोलनले अर्कै दिशा समातेको उल्लेख गर्दै उनले जनताका प्रश्नहरूको जवाफ दिनुपर्ने बताए। उनले भने, ‘नेपाली इतिहासको १० वर्षे कालखण्डबाट गुज्रँदै एउटा विषाद चर्चित आन्दोलनबाट आएको यस पार्टीको यस महाधिवेशनले जनताका यस्ता असन्तोष तथा जवाफ र इतिहासको सम्भावित फैसलालाई अवश्य सम्बोधन गर्नेछ। यसो भनेर मैले किन आशा नगरौँ ?’

आफूहरूले पटकपटक व्यवस्था परिवर्तन गरे पनि जनताको अवस्था परिवर्तन नभएको भन्दै उनले भने, ‘मलाई कहिले लाग्छ इतिहासले विगतका हाम्रा आन्दोलनहरूलाई नेपाली जनताको स्वतन्त्रता र इमानदार राष्ट्रिय जनवादी आमूल परिवर्तन निम्तिको प्रयोगशालामा दर्ता मात्र त गरिदिने होइन ?’