मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १५ बुधबार १८:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजनीतिक परिवर्तनहरू बाह्य हस्तक्षेपसहित भए : सिपी मैनाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १५ बुधबार १८:०३:००

नेकपा मालेका अध्यक्ष सिपी मैनालीले अहिलेसम्म भएका प्रजातान्त्रिक राजनीतिक परिवर्तनहरू अवाञ्छित बाह्य हस्तक्षेपसहितका परिवर्तन भएको बताएका छन्। काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष मैनालीले यस्तो बताएका हुन्। 

‘सात साल (२००७), ४६ साल (२०४६) र ६३ साल (२०६३) मा जुन राजनीतिक परिवर्तन भए, निशन्देह ती प्रजातान्त्रिक राजनीतिक परिवर्तन हुन्। तर, हामीले के देख्यौँ, इतिहास पढ्दा, तथ्य केलाउँदा भने तिनीहरू डेमोक्रेटिक परिवर्तन मात्र नभएर अवाञ्छित बाह्य प्रभाव र अनुचित बाह्य हस्तक्षेपसहितका डेमोक्रेटिक परिवर्तनहरू हुन्,’ उनले भने। 

२०१७ साल पुष १ गतेको कदम दक्षिणपन्थी राष्ट्रवादी कदम भए पनि राजा महेन्द्र राष्ट्रवादी भएको जिकिर गर्दै उनले गरेका समाज सुधारका कामको विरोध गर्नु गलत भएको मैनालीको तर्क थियो। अध्यक्ष मैनालीले अगाडि भने, ‘४६ सालको परिवर्तन पनि अवाञ्छित बाह्य हस्तक्षेपसहितको परिवर्तन हो। र, पुष्पकमल दाहालले नेतृत्व गरेको पछिल्लो परिवर्तन जुन छ त्यसले पनि अवाञ्छित बाह्य हस्तक्षेप र प्रभाव ल्यायो, ल्यायो,’ मैनालीले भने।