मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ५ शुक्रबार
  • Friday, 22 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २० मंगलबार ०९:११:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एसएसपी आत्महत्या प्रकरण : विस्तृत अनुसन्धान गर्न माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २० मंगलबार ०९:११:००

आफ्नै क्वार्टरमा मृत अवस्थामा भेटिएका नेपाल प्रहरीका एसएसपी सुशीलकुमार यादवका परिवारले घटनाको विस्तृत अनुसन्धान गर्न माग गरेका छन् । कतिपय घटनाक्रम शंकास्पद देखिएको भन्दै परिवारले हालको अनुसन्धानप्रति असन्तुष्टि जनाएको छ । 

संघीय प्रहरी एकाइ कार्यालय, लुम्बिनीमा कार्यरत यादव ९ पुसमा मृत अवस्थामा भैरहवास्थित कार्यालयको निवासमा भेटिएका थिए । प्रारम्भिक अनुसन्धानमा झुन्डिएर आत्महत्या गरेको प्रहरी निष्कर्ष छ । प्रहरीले पारिवारिक कारणले उनले आत्महत्या गरेको हुन सक्ने बताएकोमा परिवारले असन्तुष्टि जनाएको छ ।

‘परिवारमा एकदमै सौहाद्रता थियो,’ मृतककी श्रीमती रुपमकुमारी यादवले नयाँ पत्रिकासँग भनिन्, ‘त्यही दिन बिहान ८ बजे उहाँसँग मेरो कुरा भएको थियो, केही दिनपछि काठमाडौं आउनेबारे कुरा भएको थियो, एक्कासि कसरी त्यस्तो घटना भयो हामीले विश्वास गर्न सकेका छैनौँ ।’ झुन्डिएको देखेपछि तत्काल बचाउने प्रयास नगरिएको, परिवारलाई ढिला जानकारी गराइएको उनको गुनासो छ ।