मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ पौष २० मंगलबार ०७:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कर्णालीमा माओवादीका २९ केन्द्रीय सदस्य

Read Time : < 1 मिनेट
२०७८ पौष २० मंगलबार ०७:१७:००

माओवादीको हालै गठित केन्द्रीय कमिटीमा कर्णाली प्रदेशबाट २९ जना केन्द्रीय सदस्य चुनिएका छन् । कर्णालीका दशमध्ये आठ जिल्लाबाट २९ केन्द्रीय सदस्य चुनिँदा मुगु र दैलेखबाट भने एकजना पनि परेका छैनन् । 

जाजरकोटबाट सातजना केन्द्रीय सदस्य बनेका छन् । शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्या पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक केन्द्रीय कमिटीमा परेका छन् । सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्ट, पुष्पा घर्ती, सीता नेपाली र हरिमाया शर्मा, रुकुम पश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, वसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन केन्द्रीय सदस्य चयन भएका छन् । 

जुम्लाबाट गजेन्द्रबहादुर महत, नरेश भण्डारी र गोमा कुँवर, कालिकोटबाट महेन्द्रबहादुर शाही, विष्णुबहादुर विक र यशोदा न्यौपाने, सल्यानबाट टेकबहादुर बस्नेत र टीका बुढाथोकी, हुम्लाबाट छक्कबहादुर लामा र विजय भण्डारी तथा डोल्पाबाट काली चलाउने केन्द्रीय कमिटीमा चुनिएका छन् ।