१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नेपाली नक्सामा रहेका गाउँ पुगे भारतीय गभर्नर, नेपाल पक्ष बेखबर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:o५:oo

भारतको उत्तराखण्ड राज्यका गभर्नर पूर्वलेफ्टिनेन्ट जनरल गुरमित सिंहले लिम्पियाधुराभन्दा पूर्वनेपाली नक्सामा समेटिएका गुन्जी र नाभी क्षेत्रको भ्रमण गर्दै त्यहाँ कार्यरत भारतीय सैनिकको प्रशंसा गरेका छन् । 

तीन महिनाअघि मात्रै भारतीय सेनाबाट अवकाश पाएर गभर्नर भएका सिंहले शनिबार नेपाली नक्साभित्रका भूभागको भ्रमण गरेका हुन् । उनले चीनको तिब्बत जोड्न भारतको इन्डोतिब्बतीयन बोर्डर पुलिस (आटिबिपी)अन्तर्गतको बोर्डर रोर्ड अर्गनाइजेसनद्वारा निर्मित लिपुलेक जोड्ने कैलाश मानसरोवर सडकको अवलोकनसमेत गरेका छन् । 

नेपालले दुई वर्षअघि नक्सामा समेटेका नाभी र गुन्जीमा भारतीय अर्धसैनिक बल तथा सेनाका ब्यारेक छन् । गभर्नर सिंहले भ्रमणबारे ट्विटरमा सार्वजनिक जानकारी दिँदै त्यहाँ स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूसँग भेटवार्ता गरेको बताएका छन् । उनले त्यहाँ सुरक्षाकर्मीलाई ज्याकेटसमेत वितरण गरेका छन्  । ‘नयाँ वर्षको पहिलो दिन (शनिबार) गुन्जीमा रहेको बिआरओको पोस्टमा भ्रमण गर्न पाउँदा अत्यन्तै प्रशन्न छु । बिआरओले सीमाक्षेत्रमा पूर्वाधार निर्माणजस्तो महत्वपूर्ण कार्य गरेको छ । नाभीमा श्रमिकहरू र गाउँका जनतासँग उत्साहजनक भेट भयो,’ गभर्नर सिंहले ट्विटरमा लेखेका छन् । उनको भ्रमणबारे नेपाली अधिकारीहरूले आधिकारिक रूपमा प्रतिक्रिया जनाएका छैनन् । 

ad
ad