१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विपन्न बालबालिकालाई न्यानो कपडा वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:३२:oo

रसुवाको उत्तरगया गाउँपालिका- २ डाँडागाउँमा रहेका विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । रसुवाका समाजसेवी तथा नेपाली कांग्रेसकी नेतृ सुनितामाया गुरुङको पहल तथा रसुवाका  सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाको समन्वयमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बी १ नेपाल, ए टिएएल पिंगलास्थान फ्यामिलीले उत्तरगया गाउँपालिकासँगको सहकार्यमा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो । 

डाँडागाउँ माविकामा अध्ययनरत ५० जना बालबालिकालाई न्यानो कपडास्वरूप ज्याकेट वितरण गरिएको समाजसेवी तथा नेपाली कांग्रेस रसुवाकी नेतृ सुनितामाया गुरुङले जानकारी दिइन् । 

शनिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बालबालिकाहरूलाई ज्याकेट वितरण गरेका हुन् । उक्त ज्याकेटले विपन्न बालबालिकालाई चिसोबाट जोगाउन सहयोग पुग्ने गाउँपालिका अध्यक्ष लम्सालले बताए । 

चिसोको समयमा समेत पातलो कपडा लगाएर विद्यालय आउने गरेका बालबालिका न्यानो कपडास्वरूप ज्याकेट पाएसँगै खुसी भएका छन् । न्यानो कपडाअन्तर्गत बालबालिकालाई उपलब्ध गराइएको ज्याकेटले चिसो मौसममा राहत पुगेको विद्यालयका प्रधानाध्यापक ध्रुव पन्तले बताए । 

विपन्न बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएकोमा उत्तरगया गाउँपालिका– २ का वडाध्यक्ष खुवाबहादुर गुरुङले धन्यवाद दिँदै यस्ता राहतस्वरूपका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । 

कांग्रेस नेतृ गुरुङको पहलमा संघसंस्थामार्फत गत वर्षदेखि जिल्लामा रहेका विपन्न बालबालिकालाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण हुँदै आएको छ । गत वर्ष उत्तरगया गाउँपालिका– ३ ठूलोगाउँका ४० जना विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरिएको थियो । जिल्लामा रहेका अन्य विपन्न बालबालिकालाई पनि चिसोबाट जोगाउन संघसंस्थामार्फत न्यानो कपडा उपलब्ध गराउन पहल गरिरहेको गुरुङले बताइन् । 
 

ad
ad