१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार २o:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ब्राउनसुगरसहित पक्राउ परेका र्‍यापर लाउरेसँगै चारजनालाई आठ दिन म्याद थप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २o:३४:oo

लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका चर्चित र्यापर आशिष राना अर्थात् लाउरेसँगै चारजनालाई थप अनुसन्धानका लागि कास्की प्रहरीले अदालतबाट आठ दिन म्याद थप गरेको छ । बुधबार साँझ सात बजेको समयमा पोखरा ८ स्थित जाल्पारोडबाट पक्राउ परेका उनीहरूलाई लागुऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट शुक्रबार आठ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए। लागुऔषध ब्राउनसुगर सेवन गर्दैगरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । 

पक्राउ पर्नेहरूमा पोखरा ९ नयाँबजार बस्ने रानासँगै पोखरा २१ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने वर्ष ३९ का ध्रुवबहादुर थापा, कास्कीको रूपा गाउँपालिका वडा नं. ७ घर भई हाल पोखरा १ बगर बस्ने वर्ष ३० का बिक्की भन्ने नवीनकुमार गुरुङ र जिल्ला स्याङ्जा भिरकोट नगरपालिका वडा नं. ६ घर भई हाल पोखरा ८ सभागृह बस्ने वर्ष २२ की सुस्मिता गुरुङ रहेकी छिन् । 

प्रहरीले पोखरा ८ जाल्पारोडस्थित पोखरा महानगरपालिकाको पछाडिपट्टि अवैध लागुऔषध ब्राउनसुगरको खरिद बिक्री, कारोबार भइरहेको भन्ने सूचना पाएसँगै जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई नियन्त्रणमा लिएसँगै प्रहरीले शरीर तलासी लिँदा बिक्कीको साथबाट ०.५१ ग्राम र सुस्मिताको कोठाभित्र लुकाइछिपाई सञ्चय गरी राखेको अवस्थामा १२.५० ग्राम गरी कुल १३.०१ ग्राम ब्राउनसुगरसहित प्रहरीले उनीहरू चारजनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूबाट डिजिटल तराजु १ थान, नगद ३८ हजार तीन सय ५०, मोबाइल सेट ५ थान र ग २१ प ३३२३ नम्बरको स्कुटरसमेत १ थान बरामद गरेको छ ।

ad
ad