मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ पौष १६ शुक्रबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७८ पौष १६ शुक्रबार १७:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जहाज खरिदमा अनियमिता भेटिए झुन्डिन तयार छु : मन्त्री आले 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष १६ शुक्रबार १७:५९:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जहाज खरिदमा अनियमितता भएमा आफू झुन्डिन तयार रहेको बताएका छन्।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री आलेले कुनै पनि प्रकारको कमिसनको खेल नगर्ने बताए। उनले जहाज खरिद गर्ने योजना छिटोभन्दा छिटो ल्याउनका लागि नेपाल वायु सेवा निगमलाई निर्देशन दिइसकेको बताए।

उनले ग्राउन्डेड भएका जहाजहरूलाई मर्मत गरेर उडाउनका लागि पनि निर्देशन दिएको जानकारी गराए। आफूले निगमका अध्यक्षलाई १५ वटा जहाज खरिदका लागि निर्देशन दिएको आलेले बताए। उनले व्यवसायीहरूलाई छिटोभन्दा छिटो बिजनेस प्लान ल्याउन आग्रह गरे।