मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष १६ शुक्रबार ०९:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेताहरूको वरीयता क्रम : पदाधिकारी, पूर्वपदाधिकारीपछि शेखर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष १६ शुक्रबार ०९:०५:००

कांग्रेस सभापति शेरबहादुर देउवाले नेताहरूको केन्द्रीय कार्यसमितिमा रहेका नेताहरूको वरीयता क्रम निर्धारण गरेका छन् । महाधिवेशनपछि बसेको पार्टीको पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट निर्धारण भएको वरीयता क्रम बिहीबार सार्वजनिक भएको छ । 

सभापति देउवाले एक सय ३५ सदस्यीय कार्यसमितिको वरीयता क्रम निर्धारण गरेका हुन् । सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुरका अनुसार सभापति देउवाले पदाधिकारी, पूर्वपदाधिकारी, सभापतिमा पराजित नेता र त्यसपछि केन्द्रीय सदस्यहरू रहने गरी केन्द्रीय कार्यसमितिको वरीयता क्रम निर्धारण गरेका हुन् । 

वरीयता क्रममा सभापतिमा पराजित बनेका डा. शेखर कोइरालालाई २०औँ नम्बरमा राखिएको छ । कांग्रेस विधानले सभापतिमा दोस्रो मत पाउने व्यक्ति स्वतः केन्द्रीय सदस्य बन्ने व्यवस्था गरेको छ । त्यसैअनुसार सभापति देउवाले कोइरालालाई केन्द्रीय कार्यसमितिमा पदाधिकारी र पूर्वपदाधिकारीपछिको वरीयतामा राखेका छन् । 

केन्द्रीय कार्यसमितिमा एक सय ३४ जना निर्वाचित भएका थिए । यसबाहेक ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ । मनोनीत गर्दा केन्द्रीय सदस्यमा पूर्वपदाधिकारी थप भएको अवस्थामा पदाधिकारीबाहेकका कार्यसमितिका सदस्यहरूको वरीयता परिवर्तन हुने सहमहामन्त्री मन्सुरले नयाँ पत्रिकालाई जानकारी दिए ।