मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रामकुमार श्रेष्ठ नवलपुर
२०७८ पौष १४ बुधबार १०:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा भन्सार छलेर भारत लैजाँदै गरेको ३६ लाखबराबरको पुरानो ब्याट्रीसहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपुर
२०७८ पौष १४ बुधबार १०:१८:००

कर छलेर भारततर्फ लैजाँदै गरेको ३६ लाख रुपैयाँबराबरको एक ट्रक  पुरानो ब्याट्रीसहित नवलपुर प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । मंगलबार राति पूर्वी नवलपरासीको कावासोती नगरपालिका– ८ स्थित थानाचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको चालक प्रमोद रायले चलाएको बागमती प्रदेश ०३–००१ ख १५५२ नम्बरकाे ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सागर पन्तले बताए ।

ट्रकमा लोड भई आएका विभिन्न साइजका बिल कागजात नभएका २४ दशमलव १६० टन पुराना ब्याट्रीहरू अन्दाजी ३६ लाख २४ हजारबराबको सामान फेला पारेको उनले बताए । प्रहरीले ब्याट्री बरामद गरी ट्रकसहित तीनजनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा ट्रकचालक सर्लाही जिल्लाको मलंगवा नगरपालिका– २ बस्ने वर्ष २७ का प्रमोद राय, ट्रकमा सवार रौतहट जिल्लाको परौवा नगरपालिका– ६ बस्ने वर्ष ४७ का निरजकुमार जैसवाल र सर्लाही जिल्लाको मलंगवा नगरपालिका– २ बस्ने वर्ष १८ को आकाश कुमारलाई समेत पक्राउ गरी आवश्यक कारबाहीका लागि ट्रकसहित राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएको पन्तले बताए ।