१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ पौष १४ बुधबार ०८:२५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

देशका अधिकांश स्थानमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात, शुक्रबारबाट मात्रै मौसम सफा हुने अनुमान

Read Time : > 1 मिनेट
२०७८ पौष १४ बुधबार ०८:२५:००

देशभरका अधिकांश स्थानमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भइरहेको छ । बुधबार बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । महाशाखाले आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रहसमेत गरेको हो । 

मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भूभागहरूका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमासमेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।’

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पुस १४ गते (बुधबार)

दिउँसो : देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागहरूका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति : देशभर सामान्यदेखि पूर्णतया बदली  रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

२०७८ पुस १५ गते (बिहीबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

२०७८ पुस १६ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सफा रहनेछ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।