१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १७:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रौतहटमा कार दुर्घटना : ६ को मृत्यु, तीन घाइते (अपडेट)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:२९:oo

रौतहटमा कार दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। चन्द्रनिगाहपुर–गौर सडकखण्डअन्तर्गत जयनगरमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो रौतहट प्रहरी प्रवक्ता सुनिल मल्लले जानकारी दिए। मृत्यु हुनेमा रौतहटको गढीमाइ नगरपालिका–३ का १६ वर्षीय शेख नौसाद, २२ वर्षीय शेख शेनुल्ला, ५५ वर्षीय डा.मुसाफिर अन्सारी,  २५ वर्षीय शेख छोटु, नाम नखुलेको अन्दाजी ४० वर्षीय एक पुरुष र उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा १५ वर्षीय शेख अजिबुल्लाह रहेको प्रहरीले जनाएको छ। घटनामा अन्य तीन जना घाइते भएका छन्।

बिआर ०५पिए ६९५३ नम्बरको कार  नरकटियावाट गमहरीयामा जन्ती जाँदै गरेको अवस्थामा रौतहट गरुडा न.पा.वडा न.१ जयनगर स्थित गौर च-पुर सडक खण्डमा अचानक पोलमा ठोक्किएर सडकबाट तल खसेको थियो। दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए।
 
 

ad
ad