१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १३ मंगलबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १३ मंगलबार १५:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माथिल्लो तहमा बसेका व्यक्तिहरू सेयर बजारबारे बोल्न जरुरी छैन : पूर्वगभर्नर नेपाल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष १३ मंगलबार १५:३४:oo

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता सेयर बजार नपरेकाले सुरक्षित रूपमा विकास हुन नसकेको बताएका छन्। उनले विगत सात वर्षअगाडि सेयर बजारको विकास र विस्तारका लागि परिवर्तन भएको थियो त्यसपछि कुनै परिवर्तन नभएको बताए। पूर्वगभर्नर नेपालले लामो समयदेखि पुँजी बजारको विकासका लागि नियमावली ल्याउने तयारी भए पनि अहिलेसम्म ल्याउन नसक्नु सेयर लगानीकर्ताका लागि राम्रो नभएको बताए। 

उनले पछिल्लो समय सेयर बजार लगानीकर्ताहरू उत्साहका साथ प्रवेश गरे पनि बजार सुरक्षित तरिकाले अगाडि बढ्न नसकेको टिप्पणी गरे। सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपालले बजारमा सुधार हुन नसक्नु सेयर बजारमा बदमासी गर्नेहरूलाई कारबाही गर्ने कानुन नहुनु रहेको उल्लेख गरे। उनले पछिल्लो समय नेपालमा समाजवादी तथा प्रगतिशील विचार भएका राजनीतिक दलका नेता सरकारका मन्त्री भए पनि सेयर बजारलाई जुवा घर,अनउत्पादन क्षेत्र र साम्राज्यवादको विस्तारित रूपजस्ता विचारले बजार विकास हुन नसकेको बताए। उनले सेयर बजार एकदमै संवेदनशील क्षेत्र भएकाले माथिल्लो तहमा बसेका व्यक्तिहरूले सेयर बजारको विषयमा बोल्नुपर्ने जरुरी नभएको भनाइ राखे। पछिल्लो समय नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारलाई सहयोग नगरेको भने पनि राष्ट्र बैंक सधैँ बजारप्रति सकारात्मक रहेको बताए।