१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ११ आइतबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ११ आइतबार १७:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिकलाई दास बनाउने कुरा स्वीकार्य हुँदैन : माधव नेपाल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ११ आइतबार १७:५१:oo

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले वंश र व्यक्तिको तानाशाही स्वीकार्य नहुने बताएका छन्। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्‍घाटन समारोहमा बोल्दै नेपालले जुन पार्टीमा भए पनि राष्ट्रियताको विषयमा एकताबद्ध हुनुपर्ने बताए। राष्ट्रियताका नाममा नागरिकलाई दास बनाउने कुरा स्वीकार्य नहुने उनको धारणा थियो।


‘नियममा बाँधिन नचाहेपछि असफल भइन्छ। हामी नेपालीहरू जुन पार्टीमा भए पनि राष्ट्रियताको विषयमा एकताबद्ध हुनुपर्छ। राष्ट्रियताका नाममा नागरिकलाई दास बनाउने कुरा स्वीकार्य हुँदैन। वंश र व्यक्तिको तानाशाही स्वीकार्य हुँदैन,’ उनले भने। 

उनले मन र भावना मिलेपछि बाँकी अरू कुरा मिल्दै जानेसमेत बताए। नेपालका हरेक आन्दोलन एकताबद्ध भएर जाँदा सफलता प्राप्त भएको उनले बताए। मूल कुरामा सहमति छ भने बाँकी विषय थाती राख्न सकिने उनले बताए। नेपालको इतिहास अगाडि बढिसकेकोले  यो पछाडि फर्किन नसक्ने उनले बताए। 

नेपाली समाजवादको मोडल कस्तो हुने भन्नेबारे नेताहरू, पार्टीहरू, विज्ञ र आमजनताको बीचमा छलफल हुन जरुरी भएको उनले बताए। दलहरूले जनताको विश्वास जित्न नसकेको उनले बताए। ‘अझै पनि दलका नेताहरूबीच वितृष्णा देखिन्छ, त्यसको कारण भ्रष्टाचार हो,’ उनले भने। महाधिवेशन अमूर्त सिद्धान्तको छलफल गर्ने थलो मात्र नभएको उनले बताए। एकले अर्कालाई निषेध गरेर अगाडि बढ्न नसकिने उनले टिप्पणी गरे।