मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ पौष १० शनिबार
  • Monday, 31 August, 2026
२o७८ पौष १० शनिबार १७:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फोनिज धादिङको नेतृत्वमा श्रेष्ठ निर्विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १० शनिबार १७:२९:oo

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ चयन भएका छन्। 'समावेशी लोकतन्त्रको आधार, पूर्ण समावेशी सञ्चार' भन्ने मूल नाराका साथ सम्पन्न चौथो अधिवेशनबाट श्रेष्ठ निर्विरोध चयन भएका हुन्। श्रेष्ठ नयाँ पत्रिका दैनिकका धादिङ समाचारदाता हुन्।

कार्यसमितिको उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा रेखबहादुर गुरुङ, कोषाध्यक्षमा राजकुमार शाक्य, सहसचिवमा सुस्मिता श्रेष्ठ चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा राजाराम डंगोल, विनोद तमु, कल्पना श्रेष्ठ, सनिता चेपाङ, पवित्रा थापा मगर र वीरमान तामाङ चयन भएका छन्। त्यस्तै, प्रदेश प्रतिनिधिमा शंकर श्रेष्ठ, सन्तोषराज श्रेष्ठ, दोलख गुरुङ, डोल्मा मम्बा, पर्यवेक्षकमा लक्ष्मी भुजेल तथा संघमा उद्दव चेपाङ र अनिता शाक्य चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले शपथग्रहण गर्दै नयाँ कार्यसमितिले जिल्लामा रहेका आदिवासी जनजाति पत्रकारहरूको हकहितमा काम गर्ने बताए। पछिल्लो समय पत्रकारितामा प्रवेश गर्दै छाड्दै गर्ने क्रम बढेको छ,' उनले भने,  'पत्रकारितामा भविष्य खोज्दै गरेकालाई  दिगो व्यवस्थापनमा जोड गर्नेछौँ। आदिवासी जनजातिका सवाल जनजाति पत्रकारले नै जोडदार उठाउनुपर्छ।' त्यसका लागि जनजाति पत्रकारलाई सक्रिय बनाउन फोनिज धादिङले भूमिका खेल्ने श्रेष्ठले बताए।