१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ पौष ७ बुधबार १७:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी केन्द्र प्रदेश १ को पदाधिकारी छान्न निर्वाचन : अध्यक्षमा नेम्बाङ र मेन्याङ्बो प्रतिस्पर्धामा

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ पौष ७ बुधबार १७:५४:००

माओवादी केन्द्र प्रदेश १ को पदाधिकारीका लागि निर्वाचिन प्रक्रिया सुरु भएको छ । सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयास सफल नभएपछि निर्वाचन प्रक्रिया थालिएको हो ।

बुधबार साँझ ७ बजेर ५ मिनेटमा मतदान सुरु हुने र राति साढे ११ बजेसम्ममा मत परिणाम घोषणा गरिसक्ने योजना बनाएको प्रमुख निर्वाचन अधिकृत राजेन्द्र किराँतीले बताए । मोरङको विराटचोकमा २५ मंसिरमा माओवादी केन्द्र प्रदेश १ को प्रथम अधिवेशन उद्घाटन भएको थियो । अधिवेशनले २७ मंसिरमा पदाधिकरीविनै २ सय ५९ सदस्यीय कार्यसमिति चयन गरेको थियो । 

२९ मंसिरमा विराटनगरमा बसेको कार्यसमिति बैठकले पदाधिकारी चयन गर्न नसकेपछि ७ पुसमा पदाधिकारी चयन गर्ने गरी कार्यदल गठन गरिएको थियो । अजम्बर काङबाङको नेतृत्वमा गठित कार्यदलले पनि पदाधिकारी सिफारिस गर्न नसकेपछि ७ पुसमा बसेको कार्यसमिति बैठकले निर्वाचनबाट नेतृत्व चयन गर्ने निर्णय गरेको थियो । 

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षका लागि पाँचथरका हर्कबहादुर नेम्बाङ (मिक्सो) र    सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेस)बीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षका आकांक्षी उदयपुरका सुरेश राई, धनकुटाका हेमराज भण्डारी र पाँचथरका इन्दबहादुर आङ्बोलगायत भने अन्तिम समयमा चुनावी प्रतिस्पर्धाबाट पछि हटेका थिए । 

एक व्यक्ति एक पदको नीति कार्यान्वयन गर्नुपर्ने आवाज उठेपछि केन्द्रीय सदस्यसमेत रहेका उनीहरू पछि हटेका थिए ।