मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ पौष ४ आइतबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ४ आइतबार १९:३o:oo
Read Time : > 1 मिनेट
साहित्य डिजिटल संस्करण

चिसो मौसममा सुनाए कवि बान्तुले गजल र कविता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ४ आइतबार १९:३o:oo

कवि तथा गीतकार अमर बान्तुसाँझ सम्पन्न भएको छ। होटेल शंकरमा कवि बान्तुले आफ्ना रचनाहरू सुनाउँदै चिसो मौसममा उपस्थित दर्शक स्रोतालाई तताए।
‘फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी
अलिक वरै रोकिएछ घात भयो जिन्दगी ।’

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्‍घाटन गरेका थिए। कवि तथा प्राज्ञ शशी लुमुम्बूले कवि अमर बान्तुका बारेमा प्रकाश पारे। ‘माझ किराँतको एक ऐतिहासिक भूमि, नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको उर्वर बगैँचा भोजपुरको दिल्पा–नागीमा आमा वृन्दालक्ष्मी तथा बुबा लक्ष्मीप्रसाद राईका सातौँ सन्तानमध्येका काइँला सन्तानका रूपमा यस सुन्दर धरतीमा उदाउनुभएका स्रष्टा अमर बान्तु भोजपुरका मात्रै नभएर राष्ट्रकै एक अनमोल रत्न हुनुहुन्छ,’ उनले भने।
कवि बान्तुले यसरी आफ्ना कविता सुनाए :
‘मेरी प्रिय कविता
किन किन घुमाउरो भए पनि
तिम्रै घरको बाटो हिँड्न मन लाग्छ
एक तर्फी प्रेममा परेछु कि कसो
सधैँ सधैँ तिम्रै याद आइरहन्छ
अघोरै माया लागिरहन्छ ।’

मिलाप मासिकले आयोजना गरेको काव्य साँझमा करिब एक घन्टाको समयमा स्रष्टा बान्तुले ‘होची मिन्ह’ र ‘पोलपोट’ शीर्षकको कविता सुनाएर मुलुकका लागि हिंसा, विभेद तथा अत्याचार कहिल्यै र कसैलाई पनि सह्य नहुने भाव प्रकट गरे। त्यसपछि उनले गजल सुनाए ‘नजरैले घाइते पर्ना माहिर हजुर’। प्रेमिलो गजलबाट माहोललाई नै प्रेमिल बनाएका उनले  मनको भावना सुनाए। त्यसपछि आफ्नै जिन्दगीका बारे रचना गरिएको गजल– ‘ए जिन्दगी’ सुनाएर उनले माहोललाई नै स्तब्ध बनाए। अन्त्यमा ‘घरबेटी’ र ‘चोकमा गफिनेहरू’को गजल सुनाएर कविता/काव्य प्रस्तुतिको मैझारो गरे। 

प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बान्तु बहुमखी प्रतिभाका धनी भएको बताए । उनले साहित्य साधनाका साथै व्यावसाय र समाजसेवामा उत्तिकै लगावका साथ लागिपरेका स्रष्टा बान्तुका रचनाहरूले समाज रूपान्तरणका लागि योगदान पुग्ने विचार व्यक्त गरे। 
मिलाप मासिकका सम्पादक कृष्ण भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री तथा कवि एसपी कोइराला, कवि श्रवण मुकारुङ र लायन्स क्बलका तर्फबाट लायन अनन्त भेटवालले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्दै स्रष्टा बान्तुको निरन्तर र सार्थक काव्य सिर्जनाको कामना गरे। अमर बान्तुको कविता तथा गीतसंग्रह ‘परिभाषाका राँटाहरू’ र उत्कृष्ट गीतहरूका दुई एल्बम ‘अमर भावना’ र ‘अमर भावना–२’ प्रकाशित छन्।