Skip This
कांग्रेस महाधिवेशन : खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी, डा. शशांक कोइरालालाई लोकप्रिय मत 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष ३ शनिबार
  • Monday, 15 September, 2025
२o७८ पौष ३ शनिबार १८:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी, डा. शशांक कोइरालालाई लोकप्रिय मत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ३ शनिबार १८:५९:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ। १,५८९ मतगणना हुँदा निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले सबैभन्दा बढी १,३१३ मत ल्याएका छन्।

एनपी साउनले १,०२२, बालकृष्ण खाणले ९७५, रमेश लेखकले ९६९, ज्ञानेन्द्रबहादुर कार्कीले ९५५, शंकर भण्डारीले ९५२, उदयशमशेर राणाले ९४८, रामहरि खतिवडाले ९४४, अर्जुननरसिंह केसीले ९३६ मत ल्याएका छन्। 

प्रवीण वनले सबैभन्दा कम ४२ मत ल्याएका छन्। ३५ सिटका लागि ९९ जना चुनावी मैदानमा छन्। 

गत २७ मंसिरमा भएको निर्वाचनका क्रममा विमलेन्द्र निधिबाहेकका तीन प्यानलले निवर्तमान महामन्त्री डा. कोइरालालाई आफ्नो समूहमा भन्दै प्रचार गरेका थिए। निर्वाचनका क्रममा सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह र डा. शेखर कोइराला प्यानलले उनलाई आफ्नो तर्फबाट केन्द्रीय सदस्यको दाबेदार भएको भन्दै भोट हाल्ने सूचीमा उनको नाम समावेश गरेका थिए। 

तर, कोइराललो भने आफू कुनै पनि समूहमा नरहेको बताएका थिए। मतदान केन्द्रबाहिर प्रतिक्रिया दिँदै उनले आफू कुनै प्यानलमा नरहेको र स्वतन्त्र केन्द्रीय सदस्यको उम्मेदवार रहेको बताएका थिए।

कसको मत कति ?