Skip This
लिखुु ४ बाट विद्युत् उत्पादन सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख २७ बिहीबार १८:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

लिखुु ४ बाट विद्युत् उत्पादन सुरु

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १८:५६:oo

रामेछाप र र ओखलढुंगा जिल्लाको सीमामा बहने लिखु नदीमा निर्माण भएको लिखु ४ जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। लिखु ४ आयोजनाबाट ५२ दशमलब ४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएर काम गरेको भएता पनि हाल आयोजनाबाट ३५ मेगावाट विद्युत् केन्द्रीय ग्रिडमा जोडिएको हो। हिउँदको समयमा नदीमा पानी कम भएकाले कम उत्पादन भएकाले उत्पादनअनुसारको विद्युत् केन्द्रीय लाइनमा जोडिएको हो। 

वर्षात् लागेपछि नदीमा पानीको सतह बढेसँगै ५२ मेघावाट नै विद्युत् उत्पादन गरिने भएको छ। निजी क्षेत्रको ग्रिनभेन्चर लिमिटेडद्वारा २०१८ अक्टोबरबाट काम थालेको आयोजनाले तीन वर्षमा आयोजना सम्पन्न गरी नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् बिक्री गर्न थालेको हो।

रामेछापको उमाकुण्ड ७ भुजी र ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाको बीचमा बग्ने लिखु नदीको पानीलाई बिमिरेमा बाँध बनाई ४ दशमलव २४ किलोमिटर लामो भूमिगत सुरुङमार्फत खिजीदेम्बाको रगनी फेदीमा निर्माण भएको उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गरेको हो। उत्पादनगृहमा २ वटा टर्वाइनबाट बिजुली उत्पादन गरिएको छ। उत्पादित विद्युतलाई २ सय २० केभी प्रसारण लाइनमार्फत रामेछाप जिल्लाको मन्थली नगरपालिका फुलासीमा निर्माण भएको न्यू खिम्ती सब स्टेसनमा जोडिएको ग्रिनभेन्चर लिमिटेडका अध्यक्ष सुुवास  संघाईले जानकारी दिए। 

उनले भने ‘पहिलो चरणमा १ सय २० मेगावाट क्षमता उत्पादन गर्ने गरी डिजाइन गरिएको लिखु ४ जलविद्युत् आयोजनामा भारतीय कम्पनी भिलबारासँगको साझेदारी टुटेपछि ग्रिनभेन्चर लिमिटेडले आयोजनाको क्षमता घटाएर काम निर्माण कार्य अगाडि बढाएको हो।’ आयोजनाले तत्कालै सर्वसाधारणको लागि पनि सेयर निष्काशन गर्ने तयारी गरिरहेको अध्यक्ष संघाईले बताए। 
 

ad
ad