१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ मङ्सिर २७ सोमबार १९:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी केन्द्र लुम्बिनीले पदाधिकारी टुंग्याउन सकेन

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर २७ सोमबार १९:३०:००

माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलन पदाधिकारी नटुंग्याई सकिएको छ । प्रदेश कमिटीको पहिलो बैठकले पदाधिकारी टुंग्याउने गरी सम्मेलन सकिएको निर्वाचन समितिका प्रदेश संयोजक रामशरण चौधरीले जानकारी दिए ।

एक प्रदेश सदस्यका अनुसार अध्यक्ष र सचिवमा लगभग टुंगो लागे पनि अन्य पदाधिकारीमा सहमति जुटन नसकेपछि पहिलो बैठकले टुंगो लगाउने गरी सम्मेलन सकिएको हो । प्रदेश कमिटीमा ९ जना पदाधिकारी रहनेछन् । 
 
चौधरीका अनुसार प्रदेश सदस्यको भने टुंगो लागिसकेको छ । २१७ जना सदस्यले सोमबार नै शपथ लिएका छन् । राष्ट्रिय सम्मेलनअघि नै पदाधिकारी टुंगो लगाउने माओवादी केन्द्रले जनाएको छ ।