१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १६:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

१३ हजार स्वाब परीक्षण गर्दा ३४१ जनामा संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:५२:oo

पछिल्लो २४ घण्टामा नेपालमा थप ३४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १३ हजार २३६ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट १० हजार ४१६ नमुना परीक्षण गर्दा ३१३ र एन्टिजेन विधिबाट दुई हजार ८२० नमुना परीक्षण गर्दा २८ संक्रमित थपिएका हुन्।

यस अवधिमा कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ भने ३७६ जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार ८२४ मा झरेको छ। आज सोमबार नेपालमा एक लाख ८७ लाख ६६४ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।

ad
ad