
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा स्वास्थ्य मापदण्डअन्तर्गत एन्टिजेन परीक्षणको व्यवस्थासहितको स्वास्थ्य सेवा उपलब्ध गराइने भएको छ। स्वास्थ्य समिति संयोजक केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका अनुसार समितिले सभास्थललाई निर्मलीकरण गर्ने, मास्क र स्यानिटाइजरको व्यवस्था मिलाउनेलगाायतका काम गरिरहको छ।
अहिलेसम्म पर्याप्त मात्रामा मास्क, स्यानिटाइजरलगाायतका स्वास्थ्य सामग्रीको व्यवस्थापन भइसकेको उनले बताए। त्यस्तै, महाधिवेशन अवधिका तीनवटा एम्बुलेन्स स्ट्यान्डबाई राखिनेछ। आवश्यकताअनुसार एम्बुलेन्स प्रयोगमा ल्याइनेछन्।
स्वास्थ्य परीक्षणका लागि चारकोठे अस्थायी भवन निर्माण गर्न लागिएको छ। महाधिवेशन अवधिमा कोरोना भ्याक्सिनको पनि व्यवस्था गरिएको बस्नेतले जानकारी दिए । उनले उपचारका लागि वीर अस्पताललाई ‘फोकल अस्पतालका रूपमा तोकेर स्वास्थ्य सेवा उपलब्ध गराइने जानकारी दिए।’
त्यस्तै, महाधिवेशनस्थलसम्म प्रतिनिधिलाई आवतजावतको व्यवस्था गर्न १५० सवारीसाधनको व्यवस्थासमेत मिलाइएको उनले नयाँ पत्रिकालाई जानकारी दिए ।