१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर २२ बुधबार १३:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा सीता गुरुङको उम्मेदवारी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर २२ बुधबार १३:४७:००

नेपाली कांग्रेसकी नेतृ एवं पूर्वराज्यमन्त्री सीता गुरुङले केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । उनले आदिवासी जनजातितर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । सभापति शेरबहादुर देउवानिकट नेतृ गुरुङ हाल केन्द्रीय आदिवासी जनजाति विभागकी प्रमुखसमेत हुन् ।

कांग्रेसले यसपटक खस आर्य, महिला, मधेसी, आदिवासी जनजाति, दलितलगायत आठवटा समावेशी समूहबाट सहमहामन्त्री बन्ने व्यवस्था गरेको छ । ‘पार्टीको पदाधिकारीमा महिलाको संख्या बढ्नुपर्छ, मैले लामो समयदेखि पार्टी र आदिवासी जनजाति समुदायको कार्य गर्दै आएको छु,’ गुरुङले सञ्चारकर्मीसँग भनिन्, ‘त्यहीकारण पनि मैले महिलातर्फ होइन, आदिवासी जनजातितर्फ नै सहमहामन्त्रीको दाबी गरेकी हुँ ।’