
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरू नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। बारले यसअघि अन्य दलका नेताहरूसँग भेटेर पनि न्यायालयको विषयमा निकास दिन पहल गर्न अनुरोध गर्दै आएको छ। बालकोट पुगेर नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराले न्यायलाई किनबेच गरेको आरोप लगाए। उनले जबराको नेतृत्वमा न्यायालय चल्न नसक्ने बताउँदै निकासका लागि दलहरुबीच सहमति गर्न अनुरोध गरे। न्यायापालिकाका लागि मात्र होइन, लोकतन्त्रका लागि पनि प्रधानन्यायाधीश जबराको बहिरगमन आवश्यक रहेकोले दलहरूको ध्यानाकर्षण हुन जरुरी भएको नेपाल बारका महासचिव लीलामणि पौडेलले बताए।