राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा कुन्ति शाही विजयी भएकी छन्। रेखा थापालाई हराउँदै उनी महामन्त्रीमा विजयी भएकी हुन्। शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरेकी छन्। शाही कमल थापा प्यानल र थापा राजेन्द्र लिङ्देनको पक्षबाट निर्वाचन लडेका थिए।