राप्रपाको प्रदर्शन र झडपका कारण ट्राफिक अस्तव्यस्त, सर्वसाधारण हिँडेरै गन्तव्य जान बाध्य

मंगलबार, २७ चैत, २०८०
डिजिटल संस्करण
राप्रपाको प्रदर्शन र झडपका कारण ट्राफिक अस्तव्यस्त, सर्वसाधारण हिँडेरै गन्तव्य जान बाध्य

तस्बिर : संजित परियार/नयाँ पत्रिका ।

सरकारलाई ४०बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाले आज काठमाडौंमा गरेको प्रदर्शन र झडपका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त बनेको छ।

राप्रपाको प्रदर्शनले निषेधाज्ञा तोड्न खोज्दा प्रहरीसँग झडप भएको थियो। यसले पनि याातायात अस्तव्यस्त बनाएको देखिएको छ। प्रदर्शन र झडपपछि कैयौँ रुटमा गाडी नचल्दा सर्वसाधारण पैदलै हिँड्न बाध्य भए।

कुनै प्रकारको सवारी नचलेका कारण भद्रकाली–सहिदगेट–सुन्धारा–रत्नपार्क क्षेत्रमा सवारी ठप्प हुँदा सर्वसाधारण आफ्नो गन्तव्यतर्फ हिँडेर गइरहेका छन् । 

तस्बिरहरू : संजित परियार/नयाँ पत्रिका

सुझावित समाचार