१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o८:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आज राप्रपाले काठमाडौंमा जनप्रदर्शन गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:४७:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा जनप्रदर्शन गर्दै छ । यसको तयारीका लागि राप्रपाले सोमबार शंखनादसहित प्रदर्शन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर उसले आन्दोलन घोषणा गरेको थियो ।

‘हामी पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार काठमाडौंमा जनप्रदर्शनको अन्तिम तयारीमा छौँ,’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने । राप्रपा निकट पूर्वसैनिक संगठनले आइतबार काठमाडौंमा मार्चपास गरेको थियो ।

काठमाडौंमा हुने जनप्रदर्शनको तयारीका लागि अध्यक्ष लिङ्देन नेतृत्वमा शीर्ष नेताहरूले पछिल्लोपटक मधेश र कोशी प्रदेशको भ्रमण गरेका थिए । सबैजसो जिल्ला र सहरमा सानाठूला सभा आयोजना भएको उनले बताए ।

‘काठमाडौं उपत्यकाका टोलटोलमा आन्दोलन तयारीका लागि कार्यक्रम भइरहेका छन्,’ लिङ्देनले भने । मंगलबारको जनप्रदर्शनपछि आगामी कार्यक्रम तय गरिने उनले जानकारी दिए । मंगलबार काठमाडौं उपत्यकाको दर्जनौँ स्थानबाट झाँकीसहितको ¥याली निस्कनेछ । राप्रपाले ९ फागुनमा प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ४० बुँदे माग पूरा गराउन दबाब दिन जनप्रदर्शन गर्न लागेको जनाएको छ । 

 

ad
ad