मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १८ शनिबार
  • Friday, 14 August, 2026
२o७८ मङ्सिर १८ शनिबार १५:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि आयोजक चुलाचुलीलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १८ शनिबार १५:३६:oo

बालाचतुर्दशीको अवसरमा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको चुलाचुलीमा आयोजित पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि आयोजक चुलाचुली युवा क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा आयोजक चुलाचुलीले सिंहदेवी क्लबलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले हराउँदै उपाधि जितेको हो।

निर्धारित समयमा खेल २–२ गोलको बराबरी टुंगिएपछि थप गरिएको तीन मिनेटमा कुनै गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो। जितसँगै चुलाचुलीले ४० हजार तथा उपविजेता सिंहदेवीले २५ हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

छथर जोरपाटी गाउँपालिकाको आर्थिक सहयोगमा १४ गतेदेखि सुरु भएको प्रतियोगितामा पालिकाका १० क्लबहरूले सहभागिता जनाएका थिए। चुलाचुली बजारमा रहेको अहिमानेश्वर शिवालयमा हरेक वर्षको बालाचतुर्दशीमा फुटबल प्रतियोगिता आयोजना गरिँदै आएको छ।