Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १० शुक्रबार
  • Friday, 24 March, 2023
अमुल थापा काठमाडौं
२०७८ मङ्सिर १७ शुक्रबार १४:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समर्थकको जुलुस लिएर अध्यक्षमा उम्मेदवारी दर्ता गर्न पुगे कमल थापा 

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७८ मङ्सिर १७ शुक्रबार १४:०९:००

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन कमल थापा दबलसहित राष्ट्रिय सभागृह पुगेका छन्। बुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनमा आज मनोनयन दर्ता हुँदै छ। अध्यक्ष कमल थापा पक्षले फर्जी मतदाताको सूची बनाएको भन्दै राजेन्द्र लिङ्देन पक्षले विरोध जनाएपछि छानबिन समिति गठन गरेर यससम्बन्धी विवाद समाधान गरेर आजदेखि निर्वाचन प्रक्रिया सुरु गरिएको हो।

अध्यक्षका प्रत्यासी कमल थापाको प्यानलमा विक्रम पाण्डे उपाध्यक्षको सूचीमा छन्। उनलाई अर्का प्रत्यासी राजेन्द्र लिङ्देनले पनि आफ्नो प्यानलमा राखेका छन्। त्यसबाहेक थापा समूहमा बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की उपाध्यक्षका उम्मेदवार छन्। राप्रपामा एक महिलासहित चार उपाध्यक्ष र एक महिलासहित तीनजना महामन्त्री निर्वाचित हुनुपर्ने व्यवस्था छ। थापाको प्यानलबाट महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्तिकुमारी शाही उम्मेदवार हुन्।