Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी बेइजिङ
२०७८ मङ्सिर १६ बिहीबार २१:२०:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पत्रकारमाथि निगरानी प्रणाली ? 

Read Time : < 1 मिनेट
एजेन्सी बेइजिङ
२०७८ मङ्सिर १६ बिहीबार २१:२०:००

के चीनको हेनान प्रान्तले पत्रकारमाथि निगरानी प्रणाली विकास गर्न खोजेको हो ? बिबिसीले हेनान प्रान्तमा फेस स्क्यानिङ प्रविधिमार्फत पत्रकारहरूको निगरानी राख्न खोजिएको भन्दै रिपोर्ट प्रकाशित गरेको छ । 

स्रोतहरूलाई उद्धृत गर्दै बिबिसीले हेनान प्रान्तमा पत्रकारहरूलाई ट्राफिक बत्ती प्रणाली जसरी हरियो, पहेँलो र रातोमा विभाजन गरेको उल्लेख गरेको छ । रातो घेराभित्र पर्ने पत्रकारहरूलाई त्यहीअनुसार व्यवहार गर्ने नीति हेनान सरकारले बनाएको पत्ता लागेको बिबिसीले जनाएको छ । 

निगरानीसम्बन्धी विश्लेषण गर्ने निकाय आइपिभिएमले पत्ता लगाएका दस्ताबेजहरूका अनुसार विदेशी विद्यार्थी, कामदारहरूलाई पनि यसैगरी निगरानीमा राख्न लागिएको समाचारमा जनाइएको छ । यद्यपि पत्रकारमाथि यस प्रकारले निगरानी राखेको विषयमा चीन सरकारका निकायहरूले अनौपचारिक रूपमा खण्डन गरेका छन् ।