१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १६ बिहीबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १६ बिहीबार १७:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १६ बिहीबार १७:५५:oo

भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको छ। कर्नाटकका दुई व्यक्तिमा ओमिक्रोन भेरियन्ट भेटिएको भारत सरकारले जनाएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयका सचिव लब अग्रवालले भारतमा ओमिक्रोन भेरियन्ट भेटिएको पुष्टि गरे।

गएराति ओमिक्रोन भेरियन्टका दुई संक्रमण कर्नाटकमा देखिएको उनले बताए। उनका अनुसार ६६ वर्ष र ४६ वर्षका दुईजनामा यस्तो संक्रमण देखिएको हो। उनीहरूको सम्पर्कमा आएका व्यक्तिको पहिचान गरेर परीक्षण गर्ने काम भइरहेको छ। संक्रमण देखिएका दुईजना नै दक्षिण अफ्रिकाबाट आएका थिए। उनीहरूमा कोरोनाको सामान्य लक्षण छ।